कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा यात्रुबाहक बस खसेको छ । बस सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।

बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस आफै अनियन्त्रित भई खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते मध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना सवार रहेको यकिन नभएको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दाउन्नेको सडक निक्कै विग्रिएका कारण पछिल्लो समय सो क्षेत्रमा दुर्घटना बढेको छ ।

प्रतिक्रिया दिनुहोस !