काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना दखिए कम्तीमा एक हप्ता विद्यालय बन्द गर्न अनुरोध गरेको । महानगरले एक विज्ञप्ति जारी गरी यदि यस्तो अवस्था सिर्जना भए विद्यालय बन्द गरेर वैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गराउन आग्रह गरेको छ ।

महानगरले यदि विद्यालयका विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोरोना संक्रमण नभएको अवस्थामा भने अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न महानगर क्षेत्र भित्रका विद्यालयहरुलाई अनुरोध गरेको छ ।

‘त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा सावुन–पानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्ड कडाईका साथ पालना गर्नु,’ काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न–गराउन हुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस !