चितवन । नेकपा एमाले कालिका वडा नं. ६ द्वारा कालिकाको जमुनापुरमा आज श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । नेकपा एमालेका संगठित सदस्य बलराम अधिकारीको ममतामयी माता माया अधिकारीको असमायिक निधनको ७औ दिनको पुण्य तिथिमा सो श्रद्धाञ्जली सभा गरिएको थियो ।

नेकपा एमाले वडा कमिटी कालिका ६ को आयोजनामा भएको कार्यक्रम नेकपाका स्थानिय नेता अर्जुन बहादुर घिमिरेको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि नेकपाका नेता  पुरुषाेत्तम न्योपाने रहनु भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव प्रकाश खनाल, कालिका नगर अध्यक्ष केशव लामा, नगर सचिव शुदर्शन अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस !