भक्तपुर । नववर्षको आगमनसँगै सुरु भएको भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्केट जात्राको चौथो दिन आज ५५ हात लामो लिङ्गो उभ्याईंदैछ । तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा आज साँझ उभ्याउने छ ।
हजारौँ जात्रालुको सहभागितामा लिङ्गो उभ्याउन सुरु गरिन्छ । नाग र नागिनीको प्रतीकको रूपमा लिइने लिङ्गो उठाउन हजारौँ स्थानीयवासी सहभागी हुने गर्दछन् । लिङ्गो उठाएपछि स्थानीयवासीले लिङ्गोको माथि डोरीको माध्यमबाट चढेर टुप्पामा गएर फूलपाती ल्याउने गर्दछन् ।
यसरी फूलपाती ल्याउँदा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गो उठाउनुअघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याउने चलन छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा स् जात्रा मनाइन्छ ।
कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको छ । त्यस अनुसार पाँंच बजेभित्र लिङ्गो उठाइसक्ने उल्लेख छ । तर भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम नहुने निश्चित प्रायः छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो मुख्य आकर्षक दिन हो ।
भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा राखिएको लिङ्गोलाई डोरीको सहायताले सयौँ मानिसले तानेर उठाइन्छ । विस्का जात्रामा लिङ्गो उठाउने भएकैले यो ठाउँ ल्योसिंखेल ९लिङ्गो उठाउने ठाउँ० को नामले सुपरिचित छ । सयौँ मानिसले एकसाथ डोरी तानेर उठाउनुपर्ने भएकाले लिङ्गो उठ्ने समय अनिश्चित हुने गरेको छ ।
५५ हात लामो लिङ्गो उठाउन मुस्किल पनि हुने भएकाले कुनै वर्षहरूमा उक्त दिन लिङ्गो नउठ्ने गरेको पनि इतिहास छ । साथै कुनै वर्ष लिङ्गो राति १० एघार बजेमात्रै उठाउन सकिएको इतिहास पनि छ ।
लामो लिङ्गो उठाउनुपर्ने भएकाले कहिलेकाहीँ उठाउँदाउठाउँदै भाँचिने पनि गरेका छन् । त्यसो हुनाले एउटा मात्रै लिङ्गो उठाउने भए पनि अर्को एउटा थप जगेडा गरी जात्रा स्थलमा दुई वटा लिङ्गो राखिन्छ । ताकि पहिला उठाउन सुरु गरेको लिङ्गो उठाउने क्रममा भाँचियो भने अर्को उठाउन सकियोस् ।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले यो वर्षका लागि नयाँ लिङ्गो ल्याइएको जानकारी दिनुभयो ।
कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको छ । त्यस अनुसार पाँच बजेभित्र लिङ्गो उठाइसक्ने उल्लेख छ । तर भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम नहुने निश्चित प्रायः छ ।
लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन ५५ हाते लामो लिङ्गो ढालिन्छ ।

प्रतिक्रिया दिनुहोस !