काठमाडौं । दोलखामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । गएराति १० बजे सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको जीप विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !