काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली–२०७५ को नियम १३ बमोजिम कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गरेको जानकारी गराउनुभयो ।
यस्तै सभामुख सापकोटाले गर्नु भएको प्रतिनिधि सभाका विभिन्न समितिहरूमा रहनुहुने सदस्यहरूको नाम थप तथा हेरफेर सम्बन्धी प्रस्तावलाई बैठकले सहमति दिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६–२०७७” पेश गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक २०७८ साल वैशाख ७ गते मङ्गलवार दिनको १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस !