काठमाडौँ । धरहराको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

वि।सं। २०७२ सालको भुकम्पले ध्वस्त पारेको धरहराको पुनर्निर्माण सकिन लागेको हो । भूकम्पकाले ध्वस्त पारेको ६ वर्षपछि नयाँ रुपमा धरहरा ठडिन लागेको हो ।

पुनर्निमाण प्राधिकरणका सीइओ सुशील ज्ञवालीले अहिलेको संरचनालाई भूकम्पले सजिलै ढाल्न नसक्ने किसिमका सबै प्रविधिहरु अपनाइएको बताएका छन् ।

हाल पुनर्निर्मित धरहराको कुल क्षेत्रफल ४२ रोपनीमा फैलिएको ज्ञवालीले बताए । पहिले ७ रोपनी मात्रै थियो ।

यसैबीच पुनर्निर्मित धरहराको मुख्य टावरको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने जनाइएको छ ।

अन्य संरचना पूरा गर्नको निम्ति भने केही समय लाग्ने प्राधिकरणले जनाएको छ । नवनिर्मित धरहराभित्र लिफ्ट पनि राखिएको छ । लिफ्ट प्रयोग गर्न नचाहनेहरुले भर्याङ उक्लेर पनि जान सक्छन् ।

धरहराको माथिल्लो भागमा बसेर आराम गर्ने व्यवस्था हुनेछ । भुकम्पले भत्काएको धरहराको ठूटो नचलाइकन नयाँ संरचना बनाइएको हो । पछिसम्म स्मृतिको लागि त्यो ठूलोलाई यथावत् राखिएको ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !