आशिष उप्रेती, चितवन । पूर्वी चितवनको राप्तीमा आज (आईतबार) साँझ भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ट्याक्टरमा २२ जना सवार मध्य ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नं. ११ स्थित चिउरी खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।    

राप्ती नगरपालिकाको ११ नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेको ट्याक्टर चिउरी खोलामा अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाईतेहरु सबैलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत भरतपुर ल्याइएको र घाईतेहरु मध्ये केहिको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !