काठमाडौँ । काठमाडौँ उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।

कुखुराको मासुको मूल्य अहिले ४ सय १० रूपैयाँ पुगेको छ। पहिलो पटक कुखुराको मासु प्रतिकिलो ४१० रूपैयाँ पुगेको हो । अहिले काठमाडौँमा जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २८० रहेको । यस अघि किसानले जिउँदो कुखुरा प्रतिकिलो २७० रुपैयाँमा पाउने गरेका थिए । बजारमा कुखुरा उत्पादन कम हुनु र भएका उत्पादनमा पनि वर्डफ्लु तथा अन्य भाइरसका कारण नष्ट गरिएको हुँदा मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस !