काठमाडौँ, २९ चैत । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसालिएको छ ।

आइतबार विहान ११ बजे बुढानिलकण्ठ नगरपालिका–१ को जंगलमा लागेको आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरमा सुन्दरीजलबाट पानी ल्याएको पानी फालेर निभाउने प्रयास गरिएको छ ।

आगो कसरी लागेको भन्ने केही जानकारी भएको छैन ।

आगो निभाउन तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका छन् । तर जमिनबाट आगो नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेपछि हेलिकप्टर प्रयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !