चितवन । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटीको आयोजनामा प्रथम कालिका गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्षलाई लक्षित गरि बैशाख १ गतेबाट फुटबल प्रतियोगिता हुन लागेको हो । कालिका ४ स्थित क्याम्पस खेल मैदानमा हुने उक्त प्रतियोगितामा १२ ओटा फुटबल क्लबको सहभागीता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरपालिका र स्वर्ण तारा युवा क्लब, पर्साबिच प्रतिस्पर्धा  हुन्ने छ।

खेल तालिका:

 

यस प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख ११ हजार १ सय ११ र द्वतिय पुरस्कार रु ५५ हजार ५ सय ५५ रहेको छ । साथै उत्कृष्ट खेलाडीलाई आकर्षक साइकल र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।

फुटबल प्रतियोगिता १२ गते सम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस !