काठमाडौँ । सरकारले २०४६ को जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागीलाई ‘लोकतान्त्रिक योद्धा’ बाट सम्मान गर्ने तयारी गरेको छ ।

‘सरकारले अग्रगामी लोकतान्त्रिक परिवर्तन’ का लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिद तथा बेपत्ता व्यक्तिका परिवार, द्वन्द्वपीडित, विस्थापित, अंगभंग भएका व्यक्ति, घाइते तथा पीडितलाई सम्मान गर्न लागेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको पहलमा खासगरी १० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भई समायोजनमा नपरेका र अयोग्य पूर्वलडाकुलाई केन्द्रीत गरेर सम्मान दिन लागिएको हो ।

सका लागि मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा केन्द्रमा र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने गरी ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति २०७७’ गठन गरि विवरण संकलन गरिरहेको छ। प्राप्त विवरणका आधारमा मन्त्री परिषद्ले सम्मान पाउनेको नामावलीको अन्तिम टुंगो लगाउने छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले २०४६ पछिका विभिन्न राजनीतिक र लोकतन्त्रका लागि सहभागी हुँदा ज्यान गुमाएका, अंगभंग, विस्थापित, सशस्त्र द्वन्द्वका लडाकुलगायतको विवरण अद्यावधिक भइरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !