पर्सा । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ । उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पुर्र्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रेस सङ्गठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताउनुभयो । उहाँले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाउनुभयो । एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालले जोड दिनुभयो ।

नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताउनुभयो । उहाँले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता÷कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक सङ्कट उत्पन्न गरेको दाबी गर्नुभयो ।

kqsf/ ;Dd]ng
k;f{, @( r}t . k|]; ;ªu7g g]kfn k;f{n] cfOtaf/ jL/u~hdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_ sf g]tf Pjd k”j{ k|wfgdGqL dfwjs’df/ g]kfnnufot .

प्रतिक्रिया दिनुहोस !