पुजा ढकाल, चितवन । पशुहरुको हकहित र संरक्षणका लागि आज पशुकल्याण नेपालद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
पशुपन्छीलाई दुख, पिडा र मानव सिर्जित क्रुरताबाट छुटकारा दिने उद्धेश्यले सन २००९ मा नेपालमा पहिलो पटक यो संस्था स्थापना भएको थियो । संस्थाले जनावारहरुको जन्म देखि मृत्युसम्म उनीहरुले महसुस गर्ने शरिरिक तथा मानसिक अवस्थासंग सम्बन्धि रहेको छ।

पशुकल्याण भनेको के हो 
१। पशुको हकहितको निम्ति काम गर्ने संस्था ।
२। पशुको संरक्षणको निम्ति काम गर्ने संस्था ।
३। पशु व्यवस्थापनको क्षेत्रमा काम गर्ने संस्था ।
४। असाय, अशक्त र पिडामा परेका जनावरलाई उद्धार गर्ने संस्था ।
५। जनावहरुलाई अर्थपूर्ण रुपमा बाच्न र अनावश्यक हस्तक्षेपबाट बचाउने संस्था ।

पशुकल्याणको आधारभूत पक्ष र पाँच स्वतन्त्रताहरु
१। भोक, प्यास र कुपोषण हुनबाट बाचाउने।
२। डर, त्रास र तनाव हुन नदिने।
३। भौतिक तथा शीत, तापजन्य असुविधाबाट सुरक्षित गर्ने ।
४। पिडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने ।
५। सामान्य व्यबहार अभिव्यक्त गरि बाँच्न पाउने अवस्था सुनिश्चित गर्ने ।

पशुकल्याण गर्ने पहिलो प्रथमिकता क ( कस्को हो 
१। पशुपालक किसान (व्यक्ति)
२। पशु सम्बन्ध जाँच गर्ने चिकित्सक (पशु विज्ञय)
३। सरकार र मिडिया क्षेत्रमा काम गर्ने व्यक्ति ।

पशुकल्याण संस्था स्थापना गर्नुको मुख्य कारण के हो 
१। पशुलाई पनि एक मानव सरह व्यवहार गर्ने
२। जनवारको आत्माको कदर र संरक्षण गर्ने
३। पशुलाई दुख पीडा र मानवीय त्रासबाट छुटकारा दिने

पशु स्वतन्त्रता पनि जनवारको हक हित भएको र आजसम्म पनि यो क्षेत्रमा सरकारले कुनै ऎन कानुन नबनाएको भन्दै मिडियाले सरकारलाई घच्घचाउन पर्ने भनेर पशु डाक्टर तथा प्रोफेसर भुमिन्नदन देवकोटाले बताउनु भएको थियो ।

विगत १ बर्ष देखि यो संस्थाले चितवन र बारामाको भैंसी र पोल्टी फार्म हेर्दै आएको छ ।त्यसका साथसाथै एनिमल नेपालले समाजमा पशुकल्याणको कुरालाई प्राथमिकता दिदै आम जनमानसमा एउटा महत्त्वपूर्ण विषयको रूपमा स्थापित गराउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस !