काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बल्ल ठिक भएको बताउनुभएको छ ।

शुक्रबार निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेकोमा अश्वीकार गरि ओलीलाई सत्ता बुझाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कतिपटक आफै प्रधानमन्त्री बन्नुस भन्दा नमान्ने । आफैले ओलीलाई सत्ता बुझाउने । खुट्टै नटेक्ने मान्छे अहिले ओलीले लात हानेपछि ठिक्क भएको छ ।’ उहाँले अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि संख्या नपुग्ने उहाँको भनाइ थियो । देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने बताउँदै भन्नुभयो,– ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता छ । ’

प्रतिक्रिया दिनुहोस !