इकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित तीन दलका शीर्ष नेताको बैठक शुक्रबार दिउँसो बस्ने तय भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरी धारणा बनाउने उद्देश्यले तीन दलको बैठक राखिएको जानकारी काँग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)नेपालका नेताहरू सहभागी ह्ुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस !