काठमाडौं । नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले संसदमा विचाराधीन विधेयक रोकेर सरकारले काम नदिएको भन्दै प्रचार गरिएकोमा आपत्ति जनाउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै पण्डितले संसदमा अहिले पनि ६५ विधेयक रहेको र ती ीवधेयक नबढाइएको दाबी गनुृभयो ।

विधेयक अगाडी बढाउनमा सभामुखको विशेष भूमिका हुने भन्दै पण्डितले विधेयक अधिवेशनमै बिधेयक रोक्नुको कारण दिन सभामुखलाई आग्रह गर्नूभयो । उहाँले भन्नुभयो, ‘प्रचार गरिदै छ कि संसदलाई सरकारले काम दिएन, सरकारले ल्याएका विधेयक काम होइन रु’

‘उहाँले भन्नुभयो,‘संसदले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने रु संसदले काम गर्न सकिरहेको स्थिति छैन । यसमा सभामुखको विशेष भूमिका आवश्यक छ ।विधेयक अधिवेशन भए पनि एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका भन्दै उहाँले नागरिकता विधेयक दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन सम्बन्धी विधेयक अड्काइएर बसेको बताउनुभयो ।

संसदले काम गर्न नसक्दा त्यो प्रश्न सभामुखतिर पनि उठ्ने पण्डितले बताउनुभयो । उहाँले कुन पार्टीले विधेयक रोकिरहेको हो त्यो कुरा सांसदहरलाई थाहा दिनुपर्ने बताउनुभयोे । उहाँले भन्नुभयो,‘विधेयक अगाडि बढाउन कुन राजनीतिक पार्टीले रोकेको छ रु प्रधानमन्त्रीले रोक्नु भएको छ कि कुन मन्त्रीले रोक्नु भएको हो रु बाधा अरोध छ भने सांसदलाई जानकारी हुनुपर्छ । एकतर्फी रुपमा सरकारले काम दिएन भन्यो भने त्यो पूर्वाग्रह मात्रै हो ।’

 

प्रतिक्रिया दिनुहोस !