काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएका चारजना मन्त्री सांसद पदबाट पदमुक्त हुनुभएको छ ।

नेकपा एकीकरण सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। पार्टी केन्द्रीय कमिटीको निर्णयबारे मंगलबार अध्यक्ष प्रचण्डले संसद सचिवाललाई जानकारी दिँदै पदमुक्त गर्न पत्राचार गरेका थिए।

प्रतिनिधिसभाको बिहीबाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनुभयो ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिनुभएको थियो । चारैजना सांसद हाल मन्त्री हुनुहुन्छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गर्नुभएका सांसद पदमुक्त हुन्छन् ।

 

प्रतिक्रिया दिनुहोस !