निर्मल धिताल , चितवन । मदन भन्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटीको आयोजनामा प्रथम कालिका गोल्ड कप खुल्ला फुटबल प्रतियोगिताू हुने भएको छ । नयाँ वर्षलाई लक्षित गरि बैशाख १ गते बाट फुटबल प्रतियोगिता हुन लागेको हो ।

युवाहरुलाई खेलकुदमा आभिप्रेरीत गर्न र नयाँ खेलाडी उत्पादन गर्ने सोचले उक्त प्रतियोगिता गर्न लागिएको मदन भन्डारी स्पोर्ट्स एमेडेमी कालिकाको अध्यक्ष पुर्ण चौधरीले ९निशान० ले बताएका थिए । कालिका ब्याङ्क्वेट खोलेसिमलमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले खेलले मनोरञ्जन दिनुको साथै स्वास्थ्य पनि तन्दुरुस्त हुने उल्लेख गर्दै नयाँ पुस्तामा भएको खेल प्रेमलाई जागरुक गर्न लागिएको बताए ।

यस प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख ११ हजार १ सय ११ र द्वतिय पुरस्कार रु ५५ हजार ५ सय ५५ रहेको छ । साथै उत्कृष्ट खेलाडीलाई आकर्षक साइकल र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस !