चितवन। नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा प्रेस चौतारी र मिडिया नेपालबिच गठबन्धन गर्ने निर्णय भएको छ । आज (बिहीबार) दुई संगठनबीच भएको बैठकबाट गठबन्धन गर्ने निर्णय भएको हो । महासंघको आगामी २५ गते (बुधबार) हुने निर्वाचनमा पत्रकार महासंघ चितवनको संस्थागत विकास, पत्रकारहरुको क्षमता अभिबृद्धी र पेशागत सुरक्षाप्रति प्रतिबद्ध रहने दुई संगठनहरुले निकालेको संयुक्त विज्ञप्तीमा जनाएका छन् ।

सहमतिपत्रमा प्रेस चौतारीको तर्फबाट अध्यक्ष सुवास पण्डित र मिडिया नेपालको तर्फबाट अध्यक्ष समिक्षा पुरीले हस्ताक्षर गरेका छन् । विज्ञप्तीमा चितवनका अन्य पत्रकारिता क्षेत्रसंग सम्बन्धित विभिन्न पेशागत संघ–संगठनहरुलाई महासंघको आगामी नेतृत्व आम सहमतिका साथ सम्पन्न गर्न पनि अपिल गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस !