काठमाडौं । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप ४ सय ५८ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय ६० पुगेको छ । यस्तै भारतमा हालसम्म १ करोड १४ लाख ७२ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २ सय १५ छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ थप ७२ हजार १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !