काठमाडौँ । आज देशभर १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार १ सय ४० वटा नमूनाको परिक्षण गर्दा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ ।

यस्तै आज १ सय १५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ७ सय २७ पुगेको छ ।

हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ९८ दशमलव ४ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !