सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी गोरख बोगटीलाई दिइएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओली समूहका बोगटीलाई प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिएको हो।कमिटीको सह(इञ्चार्जमा प्रदेश सभा सदस्य रहेका सल्यानका गुलावजंग शाहलाई जिम्मेवारी दिएको छ।

संविधान सभा सदस्य बनेका दैलेखका लक्ष्मी पोखरेललाई पनि प्रदेश कमिटीको सह(इञ्चार्जको जिम्मेवारी दिइएको छ। प्रदेश कमिटीको इञ्चार्जमा भने प्रदेश सभा सदस्य यामलाल कँडेललाई यसअघि नै जिम्मेवारी दिइएको थियो । ओली समूहका नेताहरुलाई मात्रै प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस !