काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्नुभएकाे छ । नेपाल र रावललाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएकाे हाे । उहाँहरूले स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !