काठमाडौँ । आज देशभर १ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १ सय २२ वटा नमुनाको परीक्षण गर्दा १ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ ।
यस्तै आज ८२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ६ सय १२ पुगेको छ ।
हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९८ दशमलव ४ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !