काठमाडौं । थारु कल्याणकारी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा गृहमन्त्री साथै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी सदस्य रहेका छन् । वार्ता टोली गठन भएलगत्तै थारु कल्याणकारी सभासँग आजैबाट वार्ता हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

टोलीले जेलमा रहेको सांसद् रेशम चौधरी नेतृत्वको टोलीसँग वार्ता गर्नेछ ।

(रेडियो नेपाल)

प्रतिक्रिया दिनुहोस !