काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।

होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला । तस्बिर स् प्रदीपराज वन्तररासस

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वानको छ। साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।


होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा राखिएको चीरमा पूजा गर्दै माडवारी समुदायका महिला । तस्बिर स्प्रदीपराज वन्तररासस

होली पर्वका अवसरमा काठमाडौँको बसन्तपुरमा आइतबार साथी साथीबीच होलीको टीका लगाएर सेल्फी खिच्दै महिला । तस्बिर स् प्रदीपराज वन्तररासस

फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण ९इ० द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा तामाङ सेलो नृत्य प्रस्तुत गरिँदै । होलीका अवसरमा गणभित्र विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तस्बिर स् कृष्ण न्यौपानेर रासस

फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण ९इ०द्वारा आइतबार आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत गरिँदै। तस्बिर स्कृष्ण न्यौपानेर रासस

फागु पूर्णिमाका अवसरमा तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण ९इ०द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुत । तस्बिर स् कृष्ण न्यौपानेर रासस

होली पर्वका अवसरमा आइतबार ललितपुरको इमाडोलमा घरका परिवार होली खेलेर मनोरञ्जन लिँदै । तस्बिर स् चन्द्रकला क्षेत्रीररासस

आज फागु पूर्णिमा अर्थात् होली पर्व स् हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस !