चितवन । चितवनको भरतपुर-२२, पकौडी बजारमा आज  साझ गम्भीर दुर्घटना भएको छ । माडीबाट भरतपुर आउँदै गर्दा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । स्कुटरमा ३ जना सवार रहेका थिए । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको थियो । मृत्यु हुनेमा भरतपुर म.न.पा २२ भरतपुरबाट–माडीठोरी चल्ने भित्री सडक खण्डको पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुर तर्फ आउदै गरेको ना ५ ख २१५० नं को यात्रुबाहक बस र बिपरीत दिशाबाट जांदै गरेको ना.४० प ७०८२ नं को स्कुटर एक आपसमा ठक्कर खांदा स्कुटरमा सवार जिल्ला चितवन भरतपुर म.न.पा.६ गितानगर बस्ने बर्ष ४०/४५ को मोहन अधिकारी( स्कुटर चालक), सोही स्कुटरमा सबार ऐ.ऐ. बस्ने निजको छोरी बर्ष १७ की बिनिसा अधीकारी र ऐ.ऐ.बस्ने स्कुटर चालकको दाईको छोरी बर्ष १७ की दिबिसा अधिकारी घाईते भई उपचारको लागी जिल्ला अस्पताल भरतपुरतर्फ पठाईएकोमा उपचारको क्रममा ऐ.१८:५५ बजे ३ जनाकै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । चालक चितवन प्रहरीको नियन्त्रणमा रहेको छ ।                          https://www.kalikadainik.com/2021/03/27/29122/
भरतपुरको पकौडी बजारमा गम्भीर दुर्घटना: यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा ३ जना गम्भीर घाइते

प्रतिक्रिया दिनुहोस !