चितवन । मनकामना दुग्ध उत्पादक सहकारी सस्था ली. कालिका-६ को आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सस्थाको प्राङ्गणमा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । सस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा सस्थाका लेखा समिति संयोजक लालुप्रसाद दाहाल, सस्थाका कार्यसमिति सदस्यहरु, शेयर सदस्यहरु, सस्थाका ब्यबस्थापक दयाराम पौडेल, सह- ब्यबस्थापक बिकास दाहाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !