बाजुरा । कोरोना संक्रमण निणन्त्रणको नाममा फेरि निषेधाज्ञा सुरू भएको छ । विभिन्न जिल्लामा कोरोनाको संक्रमण बढेको भन्दै बाजुरको जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको घोषणा गरेको छ ।

बाजुरामा शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार शुक्रबार राती १२ बजेबाट सुरु हुने गरी निषेधाज्ञा जारी गरीएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिनुभयो ।

निषेधासँगै होला लगायत पर्व मानाउने काममा समेत प्रतिबनध लागेको छ । निषेधाज्ञाको सूचनामा कोभिड– १९ रोकथामका लागि भीडभाड, मेला महोत्सव, जात्रालगायत कुनै पनि कार्यक्रम गर्न नपाइने र कसैले नियमको उल्लंघन गरेको पाइए संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !