पुजा ढकाल, चितवन । थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल यही चैत १३ गते  शुक्रबार हुने भएको छ । वाईएसी इभेन्ट्सको सहकार्यमा आयोजना भएको मिस्टर एण्ड मिस थारू २०२१ को अडिसनमा ७६ जना छ्नोट भएका थिए । सो मध्ये हाल फिनालेमा  १५ जना मिस्टर र १७ मिस गरी ३२ जना रहेको छन । विभिन्न चरण पार गर्दै तेस्रो संस्करण (तेस्रो सिजन) सम्म आउन सफल भएकाकाे फाइनल प्रतियोगिता यही चैत १३ गते (शुक्रबार) चितवनको खैरहनी नगरपालिका स्थिति डिज्नी पार्क रिसोर्टमा हुने भएको छ । उक्त कार्यक्रममा सर्वसाधारणको सर्वाधिक भोट र निर्णायकहरुको निर्णयबाट विजेता हुने प्रतिस्पर्धीलाई नगद रु ५० हजार सहित `खल्ती पब्लिक च्वाईस अवाड´ त्यस्तै फस्ट रनरअपलाई रु ३० हजार, सेकेण्ड रनरअपलाई रु २० हजार सहित विभिन्न उपहारको पनि व्यवस्था रहेको आज पत्रकार सम्मेलन गरी बताइएको थियो । मिस्टर एण्ड मिस थारू प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी रहेका थिए भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी बन्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस !