काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुग्नु भएको छ । दुई दिने राजकीय भ्रमणमा सोमबार भण्डारी ढाका पुग्नुभएको हो ।

ढाकामा उहाँलाई बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गर्नु भएको छ । भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामी दिइएको छ ।

भण्डारीको स्वागतमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित भएका थिए ।(रेडियो नेपाल)

 

प्रतिक्रिया दिनुहोस !