चितवन । पुर्बी चितवनको कालिका नगरपालिका वडा नं. ७, जुटपानी बजारमा एक कार्यक्रमका बीच जेष्ठ नागरिक हरुलाई सम्मान गरिएको छ । जुटपानी टोल बिकाश सस्थाको आयोजनामा भएको कार्यक्रममा स्थानिय २० जना वृद्धबृद्धालाई सम्मान गरिएको थियो । सस्थाकी अध्यक्ष दुर्गा रायमाझीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष डिल्लीराम दवाडी रहेका थिए ।

सो कार्यक्रममा देव हस्पिटल, शुभम होम डेकोर, सितल हार्ड्वेयर, देवीका भाडा पसल, ओम साई क्लिनिक, शुशिला खड्का, मोहन बस्नेत, सानुमाया थापा, खिला कुमारी सिंखडा लगायतले सहयोग गरेका थिए । सो कार्यक्रममा सस्थाका सचिब बिष्णु अधिकारी लगायतका समितिका पदाधिकारी र सदस्यहरुले सो कार्यक्रम सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस !