चितवन । कालिका-८, चिसापानी, शक्तिखोरका आगलागी पीडित पुष्प परियारको परिवारलाई आज सहयोग प्रदान गरिएको छ । हिजो बिहान उनको घरमा आगलागी हुँदा घर पुर्ण रूपमा क्षति भएको थियो । पीडित परिवारलाई स्थानिय सहयोगीदाताहरु शंकर लामा, बलराम बस्नेत, जनक श्रेष्ठ र उत्तमबल तामाङले १६ हजार रुपैया बराबरको सामानहरु सहयोग गरेका हुन ।
अत्यन्तै बिपन्न परिवारका पुष्प  परिवारलाई चामल, दाल, नुन, तेल, ग्यास चुलो सहितको सेट, भाडा बर्तनहरु सहयोग गरिएको स्थानिय समाजसेवी शंकर लामाले जानकारी दिए  । हिजो भएको सो आगलागी ग्यास सिलिन्डर चुहिएर भएको ईलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी प्रमुख (डिएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए ।
चितवनको कालिकामा आगलागी: समयमै दमकल नपुग्दा घर जलेर नष्ट

प्रतिक्रिया दिनुहोस !