काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनुभएको संसदीय दलको बैठकमा सहभागी हुने वा नहुने भन्नेबारेमा माधब नेपाल पक्षधरबीच विवाद देखिएको छ ।

ललितपुरमा जारी नेपाल खनाल पक्षको कार्यकर्ता भेला सुरु हुनुअघि आज सो समूहका सांसदहरुको छलफलमा नेता नेपाल र खनालसहित स्थायी समिति सदस्यबाहेकका सांसदहरु बालुवाटारमा बस्ने दलको बैठकमा सहभागी हुन निर्देशन अनुसार केही सांसद बालुवाटारतिर लागेका
थिए ।

तर झपट रावलसहितका सांसदहरुले नेताहरु आफु बैठकमा सहभागी नहुने तर अरु सांसदहरुलाई बैठकमा पठाउनु नेतृत्वको पराजित मानसिकता भएको भन्दै विरोध जनाएपछि बालुवाटार पुग्न लागेका सांसदहरुलाई फेरि बीच बाटोबाटै फर्काइएको थियो ।तर दुई तीन जना सांसदहरु भने बालुवाटार पुगेर हरुताक्षर गरी फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस !