काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा बालुवाटारमा आयोजित चियापानमा माधवकुमार नेपाल पक्षका ५ जना सांसद र एक केन्द्रीय सदस्य उपस्थित भएका छन् ।

नेता नेपाल पक्षले प्रधानमन्त्री ओलीले आयोजना गरेको कार्यक्रम बहिष्कार गरेपनि सो पक्षका नेताहरु भने सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले संवादको वातावरण बनाए पनि नेपाल पक्षले चियापान बहिष्कार गरेको थियो । तर नेपाल पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’ र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटारको चियापानमा पुगेका हुन् ।

आफ्नै पार्टीको अध्यक्षद्वारा आयोजित चियापान कार्यक्रमलाई बहिष्कार गर्नु उचित नभएको भन्दै उनीहरु कार्यक्रममा गएका हुन् ।

ओलीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनीहरुले आजैदेखि संस्थापन पक्षमा फर्किएको पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस !