काठमाडौं । टिभी अन्नपूर्ण डटकमका संचालक एवं प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीका सह–सयोजक राजु सुवेदीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ ।

सुवेदीलाई सोमवार साँझ न्यूरोडमा समाचार संकलनका क्रममा जनसेवाका प्रहरी निरीक्षकसहितको टोलिले निर्घात कुटपिट गरेको हो ।

सुवेदीले भिडियो खिचिरहेको अवस्थामा प्रहरी भ्यानमा राखेर निर्घात कुटपिट गर्दा घाइते भएको उनले जनाएका छन् । करिब ६ घन्टाको अस्पतालमा उपचारपछि पत्रकार सुवेदी घर फर्किएका थिए ।

सार्वजनिक स्थलमै प्रहरीले मोबाइल चोरी गर्नलाई निर्घात कुटपिट गरेको भिडियो खिचेको आरोपमा प्रहरीले नियन्त्रमा लिएर कुटपिट गरेको सुवेदीले बताएका छन ।

प्रेस चौतारीले पत्रकार सुवेदीलाई कुटपिटको घटनाको विरोध गर्दै दोषी प्रहरीलाई कारबाहीको माग गरेको छ ।

प्रहरीद्वारा पत्रकार सुबेदीलाई गरेको निन्दनीय हर्कतको भत्सर्ना 
प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमीटिको सह सयोजक राजु सुबेदीलाइ न्यूरोडमा समाचार संकलनको क्रममा जनसेवा प्रहरी निरीक्षक सहितको टोलिले पक्राउ गरि मानसिक यातानासहित कुटपिटले घाइते भएका छन । करिब ६ घन्टा अस्पतालको उपचारपछी अहिले घरमा रहेका छन ।
सार्बजनिक स्थलमै प्रहरीले मोबाइल चोरी गर्नलाई निर्घात कुटपिट गरेको भीडियो खिचेकोको कारण पत्रकार सुबेदीलाइ चोरको समेत आरोप लगाइ पुलिसको मोबाइलमा रेकर्ड गराइ म चोरको साथी हु भन्न् बाध्य बनाउन समेत खोजीएको पाइएको छ ।
आफ्नो कर्तव्य निर्वाहका क्रममा समाचार संकलनका लागि कार्यक्षेत्रमा रहेकाहरुलाई परिस्थिति हेरि वातावरण सहज बनाउनुपर्नेमा उल्टै नियन्त्रणमा लिई र्दुव्यवहार गरिनु र समाचार संकलनमा रोक लगाइनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रशासनको यसप्रतिको नाङ्गो हमला स्पष्ट भएको छ । तसर्थ पत्रकार सुबेदीमाथी दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गरि आगामी दिनमा यस्ता घटना नदोहो¥याउन प्रेस चौतारी काठमाडौं आग्रह गर्दछ ।

प्रतिक्रिया दिनुहोस !