काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

दिउँसो ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपति भण्डारीले छलफलका लागि बोलाउनुभएको हो । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयास स्वरुप भण्डारीले बैठक बोलाएको बताइएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस !