पुजा ढकाल, चितवन। समाजमा रहेको बिकृती र बिसंगतीलाई चित्रण गर्दै जिल्ला प्रहरी कार्यालय चितवनद्वारा आज भरतपुरको  चौविसकोठीमा सचेतना मुलक नाटक प्रस्तुत गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवन र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा लागू औषध विरुद्ध सचेतना मुलक सडक नाटक प्रस्तुत गरिएको थियो । सोही अबसरमा प्रहरी ब्याण्डद्वारा साङीतिक धुन (म्युजीक थेरापी) प्रस्तुत गरेको थियो ।
हाल नेपालमा ६ लाख भन्दा बढी लागु औषध प्रयोग कर्ता रहेका छन । ति मध्ये बर्षेनी ९ हजार जनाको मृत्यु  हुँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायक उपरीक्षक सुर्यबहादुर थापाले बताउनु भयो । बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रस्तुत भएको उक्त सडक नाटकमा पैदलयात्रु, सर्बसाधारण ,नारायणी पब्लिक बोडिङ्ग स्कुलका बिद्यार्थी साथै अन्य दर्शकहरुको पनि सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस !