विराट खनाल, जापान । गोरखा जिल्ला साबिकको घ्याल्चोक गाबिस गण्डकी गाँऊपालिका वडा नम्बर ८ निवासी हिरा लाल श्रेष्ठ का छोरा बर्ष ३५ का राजेन्द्र श्रेष्ठ लाई गोरखा समाज जापानको नेतृत्वमा रु. १,९६, २५७/- (अक्षेरुपी एक लाख छ्यानब्बे हजार दुई सय सन्नताऊन्न) ऊपचारका लागी आर्थिक सहयोग गरेको छ ।
१० बर्ष अघि देखि दुवै मृगौलामा समस्या देखा परि नियमित डाईलासिस गर्दै आएका श्रेष्ठ दुवै मृगौलामा समस्या देखिए पश्चात भएको झिटि झाम्टो बेच्दै उपचार गर्दै आएका थिए । श्रेष्ठ परिवारमा राजेन्द्र श्रेष्ठको मुटुमा पनि समस्या देखिए पश्चात अर्को बज्रपात थपिएको थियो कमाऊने ऊमेरमा शारीरिक अवस्था अस्वस्थ भई अस्पतालको बेडमा बस्नु पर्दाको पिडा ऊपचारका लागी आर्थिक पाटो अत्यन्तै कमजोर भएको व्यहोरा सहित सोहि जिल्ला निवासी सामाजिक व्यक्तित्व जनार्दन अर्याल र श्रेष्ठका आफन्तले गोरखा समाज जापान लाई सकेको सहयोग जुटाईदिन अनुरोध गरे पश्चात समाजको अभिभाकत्वमा साबिककै घ्याल्चोक गाविस निवासी गोरखा समाज जापानका संस्थापक सदस्य धुर्व अधिकारी र समाजका सदस्य अश्विन रेग्मिको संयोजकत्वमा आर्थिक सहयोग संकलन गरिएको जानकारी हुन आएको छ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान मनमोहन कोर्डियोथोरासिक भ्यास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लामो समयको ऊपचार पछि हाल श्रेष्ठ डा.को सल्लाह अनुसार फलोअपमा आऊने गरी हालै डिस्चार्ज भएको बताईएको छ। चुडामणी भट्टराईको नेतृत्वमा रहेको समाजले विभिन्न समयमा जिल्ला भित्रबाट आऊने यस्ता प्रकृतीका समस्याहरुमा सहयोग गर्दै आएको बताईएको छ,भर्खरै मात्र समाजले भिमसेन थापा गाँऊपालिका निवासी ब्रेन ट्युमर रोगी ज्ञान बहादुर सुनार लाई पनि आर्थिक सहयोग पठाएको थियो।
सो सहयोग रकम सोहि गाँऊपालिका का अध्यक्ष ईश्वर पाण्डे र ऊपाध्यक्ष विनु वाग्लेको रोबहरमा हस्तान्तरण गरिएको समाजले बताएको छ। ग्लोबल गोरखा समाजका सचिव /गोरखा समाज जापानका सचिव समेत रहेका गण्डकी गाँऊपालिका वडा नम्बर ५ निवासी विराट खनाल संगको हाम्रो जिज्ञासामा हाम्रा घर/घरमा यस्ता समस्या भएको, यस्ता किसिमका समस्याहरु समाजमा धेरै आऊने गरेको र समाजले बिरामीको ऊमेर, रोगको प्रकृती, बिरामीको आर्थिक अवस्थालाई सुक्ष्म अध्ययन गरे पश्चात मात्र हामीले यस्ता सहयोग अभियान सन्चालन गर्दै आईएको जनाऊनु भएको थियो ।
खनालले भन्नु भयो राज्य संग जनताको स्वास्थ्य ऊपचार लागी स्पष्ट निति नहुदा भएको निति पनि कार्यान्वयन तहमा नपुग्दा आज भोलि यस्ता प्रकृतीको सहयोग अभियान सन्चालन गरेर आर्थिक स्रोत जुटाएर ऊपचार गर्नु पर्ने बाध्यता हामी सबैको रहेको र धेरै जसो बिरामीहरु अस्पताल पुग्ने बित्तिकै देखि आर्थिक समस्या आऊनुमा देशमा प्रयाप्त रोजगारी नहुनु, रोजगारी भएकाहरुले पनि ठुला,ठुला र मँहगो पैसा तिरेर ऊपचार गर्न नसक्नुले नै यस्ता समस्याहरु हाम्रा समुदायमा आएको समेत बताऊनु भयो।
सहयोग रक़म गण्डकी गाँऊपालिका का अध्यक्ष होम बहादुर राना मगर मार्फत आज नै गण्डकी गाँऊपालिका वडा नम्बर ७र वडा नम्बर ८ का वडा अध्यक्ष द्वय तुल्सि रेग्मी र राम प्रसाद रेग्मीको ऊपस्थितीमा अध्यक्ष रानाले हस्तान्तरण गर्नु भएको बताईएको छ। अध्यक्ष रानाले प्रवासमा बसेर पनि यसरी आफ्नो समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको गोरखा समाज जापान र सो संस्थामा आबद्द प्रवासी गोरखाली,सम्पुर्ण सहयोगीमनहरु लाई धन्यवाद दिनुका साथै प्रवासमा रहेर सामाजिक क्षेत्रमा प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गर्ने, योगदान पुर्याऊने संस्था र व्यक्तिहरुलाई आफ्नो गाँऊपालिकाले सधै प्रोत्साहन गर्नुका साथै सामाजिक क्षेत्रमा यसरीनै काम गरी रहन हौसला समेत प्रदान गर्ने विचार व्यक्त गर्नु भएको बताईएको छ।
समाजका सचिव समेत रहनु भएको खनालले यस अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने राजेन्द्र श्रेष्ठ सहयोग अभियानका संयोजक द्वय धुर्व अधिकारी र अश्विन रेग्मी लगाएत सम्पुर्ण सहयोगीमनहरु प्रति समाजको तर्फ बाट धन्यवाद दिनुका साथै श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !