डोटी। जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने गरी समझदारी भएपछि स्थानीयवासी खुसी भएका छन् ।

बोगटान फुड्सिल केन्द्रसम्म कालोपत्र सडक पु¥याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष कमलबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएपछि यहाँका स्थानीयवासी खुसी भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विषेश योजनाअन्र्तगत प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअनुसार बोगटान फुडसिल तथा सायलको केन्द्रसम्म सडक कालोपत्र गरिने बताइएको छ ।

उक्त गाउँपालिका केन्द्रसम्म सडक पु¥याउनका लागि समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश र प्रदेश सरकारका तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले हस्ताक्षर गर्नुभएको बोगटान फुडसिलका उपाध्यक्ष भगवती बमले जानकारी दिनुभयो ।

दिपायल राजपुरदेखि केआइसिंह गाउँपालिका केन्द्र वायलसम्म सडक कालोपत्रको काम जारी छ । यसैगरी वायलबाट टुँडागाडसम्म प्रदेश सरकारले सडक कालोपत्र गर्ने तथा गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने योजनाअनुसार अब काम अघि बढ्ने जनाइएको छ । यसैगरी आदर्श तथा सायल गाउँपालिका केन्द्रसम्म कालोपत्र सडक पुग्ने भएपछि स्थानीयवासीमा खुसीयाली छाएको नेकपा ९माओवादी केन्द्र० का नेता तेज डुम्रेलले बताउनुभयो ।

कालोपत्र सडकसँग जोडिन बाँकी रहेका स्थानीय तहलाई सडकसँग जोड्ने नीतिअनुरूप सरकारले आइतबार एकमुष्ट देशभरका २१० स्थानीय तहसँग उक्त सम्झौता गरेको थियोे । दिपायल सिलगढी तथा शिखर नगरपालिका केन्द्रसम्म भने यसअघि नै सडक कालोपत्र भइसकेको छ भने जोरायल, केआइसिंह तथा बडिकेदार गाउँपालिका केन्द्रमा कालोपत्र गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस !