काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

आइतबारको बैठकले अन्य राजनीतिक दलसँग वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको थियो। सोमबारको बैठकमा पार्टीको नाम परिवर्तनबारे छलफल गरेर टुंग्याउने बताइएको छ। यस्तै, बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूची छ।

बैठकले स्थायी कमिटीले प्रस्ताव गरेअनुसार अहिलेसम्म मन्त्री पदमा रहेका पार्टीका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो। बैठकमा मन्त्रीबाट फिर्ता नभए अनुशासनको कारवाही गर्ने निर्णय पनि भएको छ।

बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति कम्युनिस्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, पार्टी र कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र भावी कार्य योजनाबारे समीक्षात्मक जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस !