प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल पक्षबीच आज पार्टी कार्यालय धुम्बारहीमा भेट हुने भएको छ । बिहान ११ बजे पछी दुवै नेता आफ्नो समूहसहित पार्टी कार्यालय आउने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनुहुनेछ ।

नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल सहभागी हुनेछन् । त्यसबाहेक सम्भवतः सुरेन्द्र पाण्डे, बेदुराम भूसाल, भीम रावल र रघुजी पन्तमध्ये दुई जना सहभागी हुनेछन् । नेपाल पक्षको बैठक बानेश्वरमा जारी रहेकाले वार्तामा जाने टिम तय नभएको हो ।

प्रतिक्रिया दिनुहोस !