चितवन । चितवनमा आज बिहान तरकारी बोकेको आईचर ट्रक र बोलेरो आपसमा ठोक्किदा ट्रक चालकको घटनास्थलमा मृत्यु भएको छ भने सोही ट्रकका सहचालक घाईते भएका छन ।

मृत्यु हुनेमा ट्रक चालक धादिङ्ग जिल्ला धुसा गाउंँपालिका वडा नम्बर १ का महेश फुयांँल रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सवा तीन बजे राप्ती नगरपालिका वडा नम्बर ३ मार्तलपुल नजिक कांँकडभित्ताबाट नारायणगढतर्फ तरकारी लोड गरेर आईरहेको ना ८ ख १४२० नम्बरको आइचर ट्रक र विपरित दिशाबाट जांँदै गरेको बा १८ च नम्बरको बलेरो आपसमा ठक्कर खाएर ट्रक सडकबाट १० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर ट्रकका सहचालक तनहुंँ जिल्ला बन्दिपुर गाउंँपालिका वडा नम्बर ५ का विवेक थापा घाईते भएका छन । उनको पुरानो मेडिकल कलेज,भरतपुरमा उपचार भईरहेको कार्यालयका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !