गोरखा । गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ घ्याल्चोक (आरिपानि)  मा रहेको महादेवथानको मन्दिरमा आज शिवरात्री मनाइएको छ ।
महादेवथानमा १  सय औं बर्ष अगाडिदेखी पुजा गर्दै आएको स्थानिय थाननाथ रेग्मीले बताउनु भयो ।
प्राकृतिक रुपमा ढुङ्गामै शिव लिङ्ग , पार्वती ,गणेश , अन्य देविदेवताहरुको आकृती देखिन्छ । शिवरात्रीको दिन आज स्थानियहरुले पुजा , भजन कृतन गरेर मनाएका छन ।
उक्त पुजामा गण्डकी गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारी , वडा अध्यक्ष तुलसी रेग्मी तथा स्थानियको उपस्तिथि रहेको थियो ।
यो पुजा लगाउन स्थानीय मखमली महिला समूहले  बिशेष भुमिका खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस !