काठमाडौँ । नेकपा (एमाले) ले रामबहादुर थापा बादललाई पार्टाी उपाध्यक्ष बनाउने भएको छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु भने माओवादीमा नजाने निर्णयमा पुगेपछि एमालेले सम्मानजनक स्थान दिने भएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीबाट आफ्नो पार्टी आएकाहरुलाई उचित ढंगले व्यवस्थापन गरिनेतर्फ ध्यान दिएका छन् ।

थापाले माओवादी केन्द्रमा नजाने र एमालेमै बस्ने भएपछि प्रधानमन्त्री ओलीले उनलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेका हुन् । यो निर्णय पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।

त्यस्तै, थापासहित टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टलगायतलाई उचित स्थान दिने बुझिएको छ ।

सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किएका एमाले र माओवादी केन्द्र आफ्नै स्वतन्त्र अस्तित्वमा आएपछि एमालेले नेताहरुको व्यवस्थापन गर्न थालेको हो ।

नेताहरु माधव नेपाल, झलनाथ खनालहरु एमालेमै फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !