बिराटबाबू खनाल ,गोरखा (हाल जापान) । बूढीगण्डकी जलविद्युत आयोजना डुबान प्रभावित नागरिक आफ्ना ऊचित माँग लिग्दै आन्दोलनमा उत्रिएको लामो समय भए पश्चात पनि राज्य र आयोजनाले आफ्ना ऊचित मागहरु संम्बोधन नगरे पश्चात सो क्षेत्रका युवाहरु राज्यका विभिन्न ओहोदामा रहेका मन्त्री देखि विभिन्न पार्टीका शिर्षस्त नेता लाई भेट्न राजधानी केन्द्रित ध्यानाकर्षण अभियान लिगेर अगाडि बढेका छन् आयोजना लाई निर्माण चरणमा लैजान तथा घरगोठ,बोट बिरुवा र फलफूलको मुआब्जा वितरण तत्काल गर्न, पुनर्स्थापना,पुर्ननिर्माणको काम तत्काल अगाडि बढाऊन लगाएत आयोजनाले परिकल्पना गरेको विकाशको पुर्वाधार रिङगरोडको परिकल्पनाको कार्य यथासिघ्र कार्यान्वयन तहमा लान र प्रभावित क्षेत्रहरुको वृत्तचित्र निर्माण कार्य तत्काल शुरुवात गर्न उनीहरुले ध्यानाकर्षण अभियान लिगेर राजधानी छिरेका हुन्।    प्रभावित क्षेत्रका युवाहरुले आफुहरुको अबको आन्दोलन राजधानी केन्द्रित रहने र पहिलो चरणको अभियान ध्यानाकर्षण हुने बताए पश्चात नेपाली कांग्रेस गोरखाका युवा नेता महासमिति सदस्य,सफल युवा पर्यटन व्यवसायी राजेन्द्र बंजगाईले युवाहरुको अभियानमा आफ्नो पनि सहयोग र साथ रहने भन्दै अभियानमा सरिक हुनु भएको बताईएको छ, हिजोमात्र अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री विष्णु पौडेललाई भेटेर आफ्ना विगत देखिका मागहरुको बारेमा ध्यानाकर्षण गराएका युवाहरुले आज नेपाली कांग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेर बहादुर देऊवालाई ध्यानाकर्षण गराएका छन् युवाहरुको राजधानी केन्द्रित ध्यानाकर्षण अभियानलाई युवा नेता बंजगाईले समाजमा सकारात्मक काम गर्न खोज्ने युवाहरुलाई आफ्नो साथ सधै रहने प्रतिबद्धताका साथ सो ध्यानाकर्षण अभियान लाई सहजिकरण गर्दै आऊनु भएको बताईएको छ।

राष्ट्रीय गौरवको रुपमा हेरिएको बुढिगण्डकी जलविधुत आयोजना राज्य र आयोजनाको काम गर्ने शैलीमा चुस्त दुरुस्त हुन नसकेपछि आयोजनाको दैनिक काम काजमा अन्यौलता थपिदै गएको बताईएको छ, आयोजनाले बुढिगण्डकी प्रभावित जनताहरुको र आयोजनाकै पक्षमा पनि काम गर्न नसकेको आरोप खेप्दै आएको छ।

१२०० सय मेगावाट जलविधुत निकाल्ने ऊदेश्य रहेको आयोजना लामो समय देखि विवादमा तानिदै आएको छ। प्रभावित जनताको ऊचित माग संम्बोधन गर्न नसकेकै कारण विभिन्न समयमा विभिन्न किसिमका विरोध पनि आयोजनाले खेप्दै आएको छ, आयोजना क्षेत्र भित्रका प्रभावित जनताहरु आयोजना बन्नु पर्छ भन्ने पक्षमा भएपनि आयोजनाले आफ्नो क्षेत्राधिकार भित्र रहेको संम्बोधन गर्न पर्ने विषयहरुमा संम्बोधन नगर्दा थप जटिलता थपिदै गएको बताईएको छ।

त्यसैगरी आयोजना क्षेत्र भित्रका स्वदेश,विदेशमा बस्ने युवाहरुले आयोजनाको काम तोकिएकै समयमा हुन पर्ने र आयोजना निर्माण कार्य हुनु भन्दा अगाडि प्रभावित क्षेत्रहरु लाई वृत्तचित्रमा समेटेर अगाडि बढ्नु पर्ने भन्दै धादिङ र गोरखाका स्थानिय निकाय, राजनितिक दलहरु लाई प्रपोज़ल सहित वृत्तचित्र निर्माण कार्यमा आयोजना संग सहजिकरण गर्न अनुरोध समेत गरि सकेको विषय समेत जानकारी हुन आएको छ।

वृत्तचित्र निर्माण अभियानमा समन्वयकारी भुमिका गर्दै आऊनु भएका प्रवासी युवा विराट खनालले छिट्टै स्थानिय निकायहरु,सरोकार समिति र आयोजनाको सहकार्यमा हाम्रो टिमले बुढिगण्डकी जलविधुत आयोजनाको वृत्तचित्र निर्माण कार्य छिट्टै शुरुवात हुने विश्वास समेत व्यक्त गर्नु भएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस !