शिशिर सिंखडा, चितवन । लुम्बिनी बिकास बैंक, टाँडी शाखाद्वारा कालिका-३ मा रहेको पदमपुर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थालाई १ थान कम्प्युटर (ल्यापटप) सहयोग गरेको छ । सो बैंकले सस्थागत सामाजिक उतरदायित्व कार्य अन्तरगत सो बैंकले खानेपानी सस्थालाई सो सहयोग गरेको हो ।          बैंकका शाखा प्रबन्धक सन्तोष श्रेष्ठले सस्थाका अध्यक्ष रामचन्द्र पौडेललाई आज आयोजित एक कार्यक्रमका बीच सो कम्प्युटर हस्तान्तरण गरेका हुन । सो अबसरमा बैंकका कर्मचारीहरु तथा सस्थाका पदाधिकारी एवं सदस्य हरुको उपस्थिति रहेको थियो । सो क्षेत्रका ३ हजार ५ सय घरधुरी उक्त खानेपानी सस्थाका सदस्य रहेका छन । सो सस्थाले प्राप्त कम्प्युटरबाट खानेपानी ग्राहकको विवरण र कारोबार कम्प्युटर सिस्टममा राख्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस !