चितवन ।  पूर्वी चितवनको राप्ती नगरपालिकाबाट एक बेवारिसे पुरुष ब्यक्तिको सडकबाट उद्धार गरीएको छ । राप्ती नगरपालिका वडा नम्बर ५ भण्डारा बजारबाट सडकमा अलपत्र अवस्थामा रहेका अन्दाजी ५५ बर्षका टेक बहादुर मगरलाई उद्धार गरिएको हो। राप्ती जेसिजका कोषाध्यक्ष तथा युवा व्यवसायी अभियान पाठकको पहलमा तथा समाजसेवी अमृता कश्यपको सक्रियतामा उद्धार कार्य गरीएको हो।

भण्डारा बजारको सडकमा बेवारिसे अवस्थामा रहेको मगरलाई उद्धारकर्ताले राप्ती नगरपालिकाका उपप्रमुख ईमान सिंह लामा र ईलाका प्रहरी कार्यालय भण्डारालाई खबर गरेका थीए। उपप्रमुख लामा र ईलाका प्रहरी कार्यालय भण्डाराका प्रतिनिधिको रोहवरमा उनलाई भरतपुर स्थित मानव सेवा आश्रममा लगिएको छ ।

जेसिजको मूल उद्धेश्य भनेकै मानव सेवा नै रहेको भन्दै जीवनमा पुण्यको काम गर्न पाएकोमा यसबाट आफू प्रभावित भएर मानव सेवामा लागेको राप्ती जेसिजका कोषाध्यक्ष तथा युवा व्यवसायी अभियान पाठकले बताए । उनले बेवारिसे व्यक्तिको उद्धार कार्यमा सहयोग पुर्याउने सबैमा धन्यबाद समेत ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !