चितवन । पुर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर- ६, गुराउचौरमा कन्चन तिमल्सिनाको मृत्यु भएपछि सो  स्थान तनावग्रस्त भएको छ । स्थानिय हरुले दोषी युवती र उनको परिवारलाई कारवाहीको माग गरेका छन । स्थानिय हरुले वडा अध्यक्ष बिनोद रेग्मीको घर र प्रहरी चौकी, खोलेसिमल घेराउ गर्दै यो समाचार तयार पार्दा सम्म नारा जुलुस समेत गरिरहेका छन ।

वडा अध्यक्ष रेग्मीले उल्टै पीडित परिवारलाई प्रहरी लगाई कुटपिट गर्न लगाएको र पीडितको पक्षमा नबोली केटी पक्षको बचाउमा लागेको आरोप लगाएका छन ।  प्रेम सम्बन्धमा रहेका युवक र युवतीलाई युबतीका परिवारले अलग गराएपछि युवकले ६३ दिन अगाडि बिष सेवन गरेका थिए । बिष सेवन गरेका उनको हिजो अस्पतालमा मृत्यु भएपछि उनको आफन्तले हिजो आइतबार युवतीको घर घेरेका थिए ।

युवतीको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रमणकारीले परालको टौवामा आगो लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो  । हिजो मृत्यु भएका तिमल्सिनाको लास भने आज पनि उठन सकेको छैन ।

उनको लास हिजो देखिनै घरको आँगनमै राखिएको छ । प्रहरीले ती युवतीको घर, वडा अध्यक्ष रेग्मीको घर र प्रहरी चौकी खोलेसिमलमा सयौं ससस्त्र र जनपथ प्रहरी तैनाथ गरि कडा सुरक्षा दिईरहेको छ । मृतक तिमल्सिना परिवारले न्याय पाउनु पर्ने भन्दै सयौं स्थानियहरु सडकमा आएका हुन ।

पुर्बी चितवनको गुराउचौरका कन्चन तिमल्सिनाको मृत्यु पछि सो क्षेत्र तनावग्रस्त, दुई राउन्ड हवाईफायर

 

प्रतिक्रिया दिनुहोस !